सूचना

प्रकाशित मिति : २०७९ फागुन ८

नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थापना दिवसको अवसरमा विगत बर्ष झै यस वर्ष पनि रु ५० हजार राशीको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७९’ र रु १५ हजार राशीको ‘षष्टिका वस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७९’ प्रदान गर्न लागिएकाले सम्भावित प्रतिभाका बारेमा सूचना उपलब्ध गराउनु हुन अनुरोध छ ।

                                                                                                                                                                                                

१.षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार

देशको कुनैपनि भूभाग (प्रदेश) वा जिम्मेवारीमा रहेर नेपाली नागरिकको सूचनाको हक प्राप्तिका लागि जागरण अभियान चलाउने, विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने, आन्दोलनको अगुवाई गर्ने र नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वदेशी तथा विदेशी व्यक्ति वा संस्था ।

 

२. षष्टिका वस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार

सूचनाको अधिकार प्रचलनमा योगदान पु¥याउन उल्लेख्य भूमिका निर्वाह गरिरहेका प्रदेश १ भित्रका पत्रकार वा सूचनाको हकको अभियान्ता ।

 

इच्छुक व्यक्ति वा संस्थाले माथि उल्लेखित पुरस्कारका लागि योग्य व्यक्ति÷संस्थाको सूचनाको अधिकारको क्षेत्रमा कार्य गरेको विवरणसहित नेपाल पत्रकार महासंघ मोरङको कार्यालय वा इमेल ठेगाना fnjmorang2012@gmail.com मा २०७९ फागुन २५ गतेभित्र उपलब्ध गराउन हुन अनुरोध गरिन्छ ।

 

 

नेपाल पत्रकार महासंघ

मोरङ